पुर्वसैनिकलाई ५१६० बर्ष जेल

पत्रपत्रिकाबाट

शुक्रबार, ०७ मंसिर २०७५, ०७ : ३६
पुर्वसैनिकलाई ५१६० बर्ष जेल

ग्वाटेमाला  ।  देशको गृहयुद्धका बेला भएको हत्याकाण्डमा भुमिका रहेको भन्दै ग्वाटेमालाका एक पुर्व सैनिकलाई पाँच हजार एक सय ६० बर्ष जेल सजाय तोकिएको छ । 

ग्वाटेमाला गृहयुद्धका बेलास सन् १९८२ मा दोस एरिस गाउँमा एकै पटक दुईसय भन्दा बढी मािनसको हत्या भएको थियो । 

ग्वाटेमालाको क्रुर ३६ बर्षीय द्धन्द्धमा दोस एरिस हत्याकाण्डलाई सबैभन्दा हिंस्रक अध्यायका रुपमा लिईन्छ । 

सान्तोष लोपेज नामका ती सैनिक एक्लैलाई एकसय ७१ मासिनको हत्यामा जिम्मेवार ठहर गर्दै सो जेल सजाय भएको बीबीसीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस