प्रधानमन्त्री ओलीको प्रश्न : जनताको पेट काटेर वाइड बडी किन ल्याइयो, किन उडाइएन ?

पत्रपत्रिकाबाट

शुक्रबार, ०७ मंसिर २०७५, ०७ : ३१
प्रधानमन्त्री ओलीको प्रश्न : जनताको पेट काटेर वाइड बडी किन ल्याइयो, किन उडाइएन ?

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याएर थन्क्याएकामा गम्भीर चासो देखाएका छन् ।
सर्वसाधारणको करबाट जोडिएको राज्यको सम्पत्ति दुरुपयोग गरिनु असह्य हुने उनले बताए । 

‘वाइड बडी किन ल्याइयो, किन उडाइएन ?’ बजेट एवं मन्त्रालयगत कार्यसम्पादन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले सोधे, ‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको छ, ती किन थन्किएका हुन् ? ’ बैठकमा मन्त्री र सचिवहरु सहभागी थिए ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 
 

प्रतिक्रिया दिनुहोस