काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच दुई पार्टीबीचको आपसी सहकार्यलाई अझ मजवुत बनाउने समझदारी भएको छ।
शनिबार प्रचण्डलाई भेट्न पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई साथमै लिएर विप्लव खुमलटार पुगेका थिए। यो भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
‘दुई नेताबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने तथा दुई पार्टीबीच एकताको लागि छलफल र सहकार्य अघि बढाउँदै जाने समझदारी बनेको छ,’ एक सचिवालय सदस्यले भने।
प्रचण्डले सार्वजनिक रुपमा पार्टी एकताका लागि विप्लव लगायत पूर्वमाओवादी नेतासँग छलफल भइरहेको बताउँदै आएका छन्। तर, विप्लव पक्षले भने माओवादी केन्द्र पार्टी एकताप्रति गम्भीर बन्न नसकेको आरोप लगाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’