काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच दुई पार्टीबीचको आपसी सहकार्यलाई अझ मजवुत बनाउने समझदारी भएको छ।
शनिबार प्रचण्डलाई भेट्न पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई साथमै लिएर विप्लव खुमलटार पुगेका थिए। यो भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
‘दुई नेताबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने तथा दुई पार्टीबीच एकताको लागि छलफल र सहकार्य अघि बढाउँदै जाने समझदारी बनेको छ,’ एक सचिवालय सदस्यले भने।
प्रचण्डले सार्वजनिक रुपमा पार्टी एकताका लागि विप्लव लगायत पूर्वमाओवादी नेतासँग छलफल भइरहेको बताउँदै आएका छन्। तर, विप्लव पक्षले भने माओवादी केन्द्र पार्टी एकताप्रति गम्भीर बन्न नसकेको आरोप लगाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड