काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पछिल्लो समयमा ‘अलिक सहजता’ महसुस भइरहेको बताएका छन् । तर उनले हालको सत्ता गठबन्धन भत्काएर वैकल्पिक गठबन्धन बनाउने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।
एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा प्रचण्डले भने, “अहिले मलाई हेर्दा फेरि कता–कता देउवा जी र मेरो बीचमा हिजोको भन्दा अलिक सहज भएको छ भन्ने फिलिङ उहाँलाई पनि भएको जस्तो लाग्छ, मलाई पनि लाग्छ । त्यो चाहिँ हो । तर गठबन्धन बनाउनेतिर सम्म होइन ।”
प्रचण्डले संसद अवरोध, सहकार्यका आवश्यकता र वर्तमान सरकारको कमजोरीका सन्दर्भमा कांग्रेससँग संवाद भइरहे पनि त्यसलाई सत्ता समीकरणसँग नजोड्न आग्रह गरे । “कताकता समस्या समाधान गर्ने दृष्टिकोणले, सदन खोल्ने दृष्टिकोणले होस् वा अन्य विषयहरूमा जाँदा अलिक सहज हुन्छ,” प्रचण्डले भने ।
एमाले नेतृत्वको सरकारप्रति असन्तुष्टि कांग्रेसभित्र नै देखिएको प्रचण्डको दाबी छ । “देशभर जहाँ–जहाँ जान्छु, कांग्रेसका सांसद, नेताहरू वा मन्त्रीहरू पनि एमाले नेतृत्वको सरकारको कामप्रति सन्तुष्ट छैनन्,” प्रचण्डले अन्तवार्तामा भनेका छन् ।
प्रचण्डले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपाली कांग्रेस र माओवादी केन्द्रले अरुभन्दा बढी जिम्मेवारी वहन गर्नुपर्ने तर्क गरे । “शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने जिम्मेवारीको हिसाबले कांग्रेस र माओवादीको अलिक बढी जिम्मेवारी छ,” उनले भने, “त्यो नाताले अलिक बढी सहकार्य गर्नुपर्ने आवश्यकता छ । फेरि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने पार्टी भएको नाताले पनि कांग्रेस र माओवादी केन्द्र अझ गम्भीर र जिम्मेवार हुनुपर्ने हुन्छ ।”
प्रचण्डले देउवासँगको सम्बन्धको विगत स्मरण गर्दै भने, “म के भन्नसक्छु भने एउटा त शेरवहादुर देउवाजीले मलाई ल धोका भयो भनेको अवस्थामा वा उहाँले मलाई लागेको फेरि एकपटक उहाँले मलाई धोका दिएको भन्ने पनि परेको थियो । मैले त्यो भन्दा भन्दै पनि देउवा जी र कांग्रेसलाई अलि बढी मैले विश्वासको मत लिने बेला भनेको पनि थिए, शेरवहादुर देउवा जीले जे मनमा थियो, त्यो भन्नुभयो । आफनो इमान्दारिता देखाउनु भयो भनेको थिए । त्यक्तिवेलै त उहाँहरु मिलिसक्नु भएको थियो । केही हुने वाला त थिएन । तर मैले जे सच्चाई थियो, त्यो भनिदिए ।”
एमाले नेतृत्वको सरकारप्रति असन्तुष्टि कांग्रेसभित्र नै देखिएको प्रचण्डको दाबी छ । “देशभर जहाँ–जहाँ जान्छु, कांग्रेसका सांसद, नेताहरू वा मन्त्रीहरू पनि एमाले नेतृत्वको सरकारको कामप्रति सन्तुष्ट छैनन्,” प्रचण्डले अन्तवार्तामा भनेका छन् ।
उनले प्रधानमन्त्रीको कार्यशैलीबाट देउवा स्वयं पनि सन्तुष्ट नरहेको संकेत गर्दै भने, “उहाँ (देउवा) अरुजस्तो छिटो बोल्ने, छिटो रियाक्ट गर्ने स्वभावको होइन । तर म के फिल गर्छु भने कतिपय कुरामा उहाँले यो वेठिक गरिरहेको छु भन्ने महसुस गर्नुभएको जस्तो लाग्छ ।”
प्रचण्डले माधवकुमार नेपालविरुद्ध मुद्दा अघि सारिएको घटनामा देउवा स्वयंले जनकपुरबाट फोन गरेर “यो के हो ?” भनेर सोधेका पहिले नै आफुले बताएको प्रसंग पनि बताए । “मैले त उहाँलाई भन्नुपथ्र्यो– तपाईलाई पो थाहा हुनुपर्ने हो, सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी हुनुहुन्छ । तर उहाँले त मलाई भने– मलाई केही थाहा छैन,” प्रचण्डले देउवासँग भएको टेलिफोन संवादमा भएको कुराकानी सुनाए ।
प्रचण्डले पछिल्लो समय देउवासँगको भेटवार्ता आफनो ब्यक्तिगत चाहनामा भन्दा प्रतिपक्षी दलहरुका तर्फबाट भएको स्पष्ट पारे । “शेरबहादुर देउवासँग मैले व्यक्तिगत रूपमा मात्र होइन, माओवादी पार्टीका तर्फबाट मात्र पनि होइन, सबै प्रतिपक्षी दलको हैसियतले भेटेको हुँ । रास्वपासहितको सहमतिबाट एकचोटि प्रतिपक्षी नेताको हैसियतले भेट भयो,” उनले भने ।
उनले ती भेटमा नयाँ बैकल्पिक गठबन्धन बनाउने या कांग्रेस एमाले गठबन्धन भत्काउने भन्ने गरी कुनै कुरा नउठेको बताए । “त्यहाँ गठबन्धन तोड्ने, अर्को गठबन्धन बनाउने भन्ने केही कुरा भएन । मैले पनि उठाइनँ, उहाँले पनि उठाउनु भएन,” प्रचण्डले भने, “हामीले संसदको अवरोध कसरी अन्त्य गर्ने ? हामीले उठाएको कुरा सरकारले कसरी सम्बोधन गर्न सक्छ भन्नेबारे कुरा गर्यौ ।”
उनले हाल सत्तारुढ गठबन्धनको आन्तरिक अन्तरविरोधबाट लाभ उठाउने चाहना प्रमुख प्रतिपक्षी दलको भए पनि, त्यसको विकल्पमा नयाँ गबठनधन निर्माण गर्ने तिर चासो नरहेको दोहो¥याए । “गठबन्धन भत्काएर अर्को बनाउनेतिर हाम्रो अहिले रुचि छैन,” उनले भने, “मान्छेहरूले भ्रम पालिरहन्छन् । कांग्रेससँग सुरुदेखि नै हाम्रो अलिक लचक देखिएको हो, तर त्यसलाई गठबन्धन बनाउने भनिहाल्नु चाहिँ गलत व्याख्या हो ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड र विप्लवबीच वार्ता : के भयो कुराकानी ?
जाजरकोट भूकम्पबारे ‘प्रचण्ड’को दाबी-‘मैले अग्रसरता नलिएको भए उद्धार प्रभावकारी हुन्थेन’
संसद् अवरोध जारी रहोस् भन्ने सरकारको चाहना छ : प्रचण्ड
‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल
चितवनको बजेटमा सरकारले विभेद गरेको छ : प्रचण्ड
भिजिट भिसा प्रकरण अहिले गृहमन्त्रीसँग मात्रै रिलेटेड छैन: प्रचण्ड