एजेन्सी । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले अमेरिकाले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि यसमा चासो व्यक्त गरेका छन्। उनले अमेरिकालाई शान्तिको लागि अपिलसमेत गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत अहिलै नै समस्यामा रहेको मध्यपूर्वमा अझ बढी अशान्त हुने खतरा बढेको भन्दै चासो व्यक्त गरेका हुन्।
उनले जोखिम नियन्त्रण बाहिर गएको भन्दै यसले त्यस क्षेत्र र संसारकै लागि कल्पना नै गर्न नसकिने अवस्था आउन सक्ने खतरा औंल्याएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, ०९ : ००
लेखकबाट थप