काठमाडौं । इरान–इजरायल युद्ध चर्किदै जाँदा इरानमा बसोबास गरिरहेका १० नेपाली नागरिकलाई भारतले उद्धार गर्ने भएको छ ।
नेपाल सरकारको अनुरोधमा, भारतले त्यसरी इरानमा रहेका नेपालीलाई उद्धार गर्न लागेको हो । इरानमा बसोबास गर्ने र काम गर्ने १६ नेपालीहरूमध्ये स्थानीय जेलमा रहेका पाँच जना बाहेक अन्य १० जनालाई भने नेपाल फर्काउन पहल लिइएको परराष्ट्र मन्त्रालयको प्रचार विभागका प्रमुख लोक बहादुर क्षेत्रीले जानकारी दिएका छन् । एक जनाले भने नेपाल फर्कन मानेका छैनन ।
१० नेपाली नागरिकहरूलाई शनिबार साँझ र आइतबार बिहानको बीचमा भारतीय चार्टर्ड उडानहरूद्वारा भारतीय र श्रीलंकाली नागरिकहरू सहित उद्धार गरिन लागिएको हो ।
इरानलाई समेत हेदैं आएको कतारको दोहास्थित नेपाली दूतावासले हाल इरानी जेलमा रहेका पाँच नेपाली नागरिकहरूलाई यात्रा कागजातका प्रतिलिपिहरू पठाएको छ तर तीमध्ये तीन जनासँग नेपाली नागरिकताको कुनै प्रमाण छैन ।
कागजात नभएका व्यक्तिहरूको हकमा, सरकार वा दूतावासले यात्रा कागजातहरू प्रदान गर्दछ तर जेलमा रहेकाहरूका लागि फर्काउने व्यवस्था गाह्रो छ । तर कतारमा रहेको नेपाली नियोगले उनीहरूलाई इरानी जेलबाट मुक्त गर्न प्रयास गरिरहेको छ, क्षेत्रीले भने । अन्य ११ नेपाली नागरिकहरूमध्ये एक जना फर्कन अस्वीकार गरेका छन् तर १० जना भारत सरकारले व्यवस्था गरेको चार्टर्ड उडानबाट आउँदैछन्, क्षेत्रीले भने।
“भारतले आफ्ना नागरिकहरूलाई निकाल्न थालेपछि हाम्रा मानिसहरू घर फर्कनेछन्,“ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
काठमाडौका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार
सुन्दरीजल खोलामा फसेका चार भारतीयसहित पाँचजनाको उद्धार
रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार
त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार