पाटन (ललितपुर) । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वैज्ञानिक अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, सहकार्य प्रणाली र पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए।
“वैज्ञानिक अनुसन्धान तथा आविष्कारका क्षेत्रमा नेपालले अन्तरराष्ट्रियस्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिरहेको छैन, अनुसन्धान अनुकूल संरचना र पूर्वाधारको अभाव, सरकारी लगानीको न्यूनता र नवप्रवर्तनलाई व्यवसायमा रूपान्तरण गर्ने प्रणालीको अभाग रहेकाले ती समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्छ”, उनले भने । उनले युवामा रहेका सिर्जनशील योजना, सीप र क्षमतालाई प्रयोग गरी राष्ट्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिए।
“युवाहरू विदेशपलायन हुनुपर्ने अवस्था न्यूनीकरण गर्न देशभित्र भरोसा र अवसर निर्माण गर्नुपर्ने आवश्यकता छ, यस्ता खालका महत्त्वपूर्ण सम्मेलनले युवामा आशा र सम्भावनाको नयाँ आधार खडा गर्नेछ । विज्ञान प्रविधिमा नेपाल अझै पछाडि रहेको अवस्थामा अनुसन्धानका पूर्वाधार, सरकारी तथा निजी लगानी, विश्वविद्यालय र प्रयोगशालाबीच समन्वय, नवप्रवर्तनको व्यवसायीकरण गर्न नीतिगत प्रोत्साहनलगायत पक्षमा सुधार गर्नुपर्ने हुन्छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘तीन तहको सरकारमा समन्वयको अभाव छ’ : अध्यक्ष दाहाल
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन
माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्याउने राष्ट्रिय सभा अध्यक्ष दाहालको विश्वास
विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष दाहाल
अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट