काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा गृहमन्त्री रमेश लेखक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने योजना बनेको खुलासा भएको छ ।
वैदेशिक रोजगारी जान खोज्दा ठगिएका भनिएका युवाहरु नै रास्वपा कार्यालयमा आफूलाई बोलाएर उजुरीका विषयमा छलफल भई अख्तियारसम्म पु¥याएर उजुरी दर्ता गर्न लगाएको खुलासा गरेका छन् । केही दिनअघि सञ्चार माध्यममा गृहमन्त्री विरुद्ध अख्तियारमा उजुरी परेको विषय सार्वजनिक भएको थियो ।
एक बर्षअघि वैदेशिक रोजगारीका लागि एजेन्ड मार्फत पोल्यान्ड जान प्रयासरत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ का तीन जना युवाले अख्तियारमा उजुरी दिएका थिए ।
उजुरीकर्ता मध्येका गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ मनोज गुरुङ्ले रास्वपा कार्यकर्ताले ठगिएको विषयमा सहयोग गर्ने भन्दै केन्द्रीय कार्यालय बोलाएर उजुरी दिने योजना बनाएको जानकारी दिनुभयो । उजुरीको विषयमा योजना बनेपछि आफूहरु रास्वपा कार्यकर्तासहित जाहेरी दिन अख्तियार दुरुपोग अनुसन्धान आयोग पुगेको बताउनुभयो ।
“ पहिलो दिन रास्वपा कार्यालयमा योजना बन्दा सांसद सुमना श्रेष्ठ पनि आउनुभएको थियो ।” गुरुङले भन्नुभयो–“ अर्को दिन (भोली पल्ट) सबैलाई अख्तियार लगियो । अख्तियारको आगन्तुक कक्षमा उजुरी लेख्ने काम भयो ।” उहाँले सबै पीडितको उजुरी लेखिदिने दुई जना अपरिचित व्यक्ति रहेको समेत खुलाउनुभयो ।
“सबैको उजुरी लेखिदिने दुई जना अपरिचित मान्छे थिए। तर चिन्दैनौ । अरुको उजुरी लेख्दै थिए। हाम्रो पनि लेखदिन्छौ भन्यो । समस्या भन्यौ उहाँले लेख्नुभयो ।” गुरुङले भन्नुभयो–“ तर उजुरीमा हस्ताक्षर गर्न भने त्यसमा गृहमन्त्रीको नाम जोडेको कुरो अर्काे दिन मिडियामा आएपछि थाहा पायौं ।”
उहाँले उजुरीमा गृहमन्त्रीको नाम लेख्ने आफूले नलगाएको समेत बताउनुभयो ।
“उजुरी लेखेपछि हस्ताक्षर गर्न भन्यौ उता दिन भन्यो । तर गृहमन्त्रीको विषय हामीले त्यो भनेको होइन । हाम्रो समस्या मात्रै भनेको हो । त्यहाँ गृहमन्त्री जोडेछन् ।” उहाँले भन्नुभयो–“ उजुरी हालेर बाहिर निस्किदा केही मिडियाकर्मी थिए । उहाँहरुले भिडियोहरु लिनुभयो र फेसबुक तिर हाल्नुभएको रहेछ ।”
उजुरीको विषयमा फेरिस्त सुनाएका गुरुङसहित गोरखा बारपाक सुलिकोटकै अर्का युवक सिलमान गुरुङ र मनोज गुरुङले आफूहरुले मिडियामा वैदेशिक रोजगारीको विषयमा ठगिएकालाई सहयोग गर्ने खालको सुचना आफूहरुले पाएको समेत बताएका छन् ।
“विदेश जाने निर्णय लिएर पहिलो पटक पोल्यान्ड जान प्रयास एक बर्ष भन्दा बढी समयअघि परेको हो ।” गुरुङले भन्नुभयो–“ तर रिजेक्ट भयो, त्यहाँबाट हाम्रो एजेन्टले फेरी अर्को देश लगाइदिन्छु भन्ने कुरो ग¥यो । ग्रिसका लागि गर्छु भन्यो । पोल्यान्ड गर्दा पनि एक बर्ष अगाडी चार चार लाख बुझाएको हो । त्यो फिर्ता भएन । ”
उहाँले एजेन्डले फेरी रु ५÷६ लाख थपेर अर्को देशका लागि कुरा भएपछि प्रतिव्यक्ति रु ९÷१० लाख बुझाएको बताउनुभयो । “ पछि साथीहरुले उजुरी गरेपछि एजेन्ट पक्राउ परेछन् ।” उहाँले भन्नुभयो–“ रास्वपाकै साथीहरुको आग्रहमा रास्वपा कार्यालय पुगेका हौं । बेरोजगारीमा बेला पनि हामीलाई यस्तो झन्झटमा पार्ने काम भयो ।”
उता गृहमन्त्री रमेश लेखकले गत शुक्रबार प्रतिनिधीसभामा बोल्दै आफूविरुद्ध पार्टी कार्यालयमा नक्कली पीडित खडा गरी किर्तेजालसाँच गरी आफू विरुद्ध उजुरी दर्ता गरेको दाबी गर्नुभएको थियो ।
“ कुन पार्टी कार्यालयमा किर्ते जाहेरीको काम भएको छ त्यो मलाई जानकारी भइसक्यो ।” लेखकले प्रतिनिधीसभामा भन्नुभयो–“ किर्ते जालसाच र अर्मयादित काम गरेर आफ्नो राजीनितक अभिष्ट पुरा गर्ने काममा नलाग्न आग्रह गर्छु ।”
लेखकले किर्ते जालसाँचमा संलग्नहरुलाई खोजीगरी कारबाहीको गर्ने चेतावनी समेत दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध
सभामुख घिमिरे र रास्वपाका कार्यवाहक सभापतिबिच भेटवार्ता
रास्वपा कुन मोडतिर ? संसदमा चर्को नाराबाजी, दलभित्र मनोमालिन्य
रास्वपा सांसदहरू वेल अगाडि पलेँटी कसेर बसे
रास्वपा र राप्रपाले संसदमा आजपनि विरोध जारी राख्ने
भिजिट भिसा प्रकरणमा रास्वपाले छाडेन अडान