काठमाडौ । हिजो तोलामा दुई हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि बढेको छ।
आज सुन प्रतितोला नौसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको आइतबार चार हजार दुईसय र सोमबार चारसय रुपैयाँ बढेको सुनको मूल्यमा मंगलबार दुई हजार पाँचसय रुपैयाँ गिरावट आएको थियो।
प्रतितोला नौसय रुपैयाँ बढेर सुन आज तोलाको एक लाख ९५ हजार नौसय रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ। सुनको मूल्य हिजो एक लाख ९५ हजार रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुईसय २५ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?