काठमाडौ । हिजो तोलामा दुई हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि बढेको छ।
आज सुन प्रतितोला नौसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको आइतबार चार हजार दुईसय र सोमबार चारसय रुपैयाँ बढेको सुनको मूल्यमा मंगलबार दुई हजार पाँचसय रुपैयाँ गिरावट आएको थियो।
प्रतितोला नौसय रुपैयाँ बढेर सुन आज तोलाको एक लाख ९५ हजार नौसय रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ। सुनको मूल्य हिजो एक लाख ९५ हजार रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुईसय २५ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको २ लाख ६१ हजार ७ सय
सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ अहिले सम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?