काठमाडौं l नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीले दिल भुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना सार्वजनिक गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोबाट जारी सूचनाअनुसार जिल्ला झापा स्थायी घर भई हाल काठमाडौंको धुम्बाराहीमा बसोबास गर्दै आएका पाठकमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूर लागेको उल्लेख छ।
यस सम्बन्धमा नेपाल सरकार वादी भई साइबर ब्यूरो ५९ (२०८१/८२) को जाहेरी अनुसार काठमाडौं जिल्ला अदालतले २०८२ जेठ २७ गते मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा ३ अनुसार पक्राउ अनुमति दिएको जानकारी गराइएको छ।
प्रहरीले पाठकलाई छिटोभन्दा छिटो साइबर ब्यूरो भोटाहिटी वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ।
साइबर अपराधसँग सम्बन्धित मुद्दाहरूमा प्रहरीको सक्रियता बढिरहेको अवस्थामा यो पुर्जी सार्वजनिक गर्नुले हालैका दिनमा सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत हुने गैरकानुनी गतिविधिमा नियन्त्रण गर्न प्रहरीले चालेको कदमको एक झलक दिन्छ।
प्रहरीले सूचना सार्वजनिक गर्दै फोन नं. ०१–५३१९०४४ वा मोबाइल नं. ९८५१२८६७७० मार्फत थप जानकारी लिन सकिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन
बैतडीमा निर्वाचन प्रहरीको मृत्यु
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा