अमिताभ बच्चनले तिरिदिए १४ सय किसानको ऋण

पत्रपत्रिकाबाट

विहीबार, ०६ मंसिर २०७५, ०९ : ००
अमिताभ बच्चनले तिरिदिए १४ सय किसानको ऋण

काठमाडौं ।  बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन् । 

उनले उत्तर प्रदेशका एक हजार तीन सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन् । 

यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् । 

मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन् । 

यसबाट आफुलार्य एउटा काम पुरा गरेको महसुस भईरहेको पनि उनले बताए । 

एक सरकारी बैंकबाट किसानले लिएको ऋण अभिताभले तिरिदिएका हुन् । 

बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन् । उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने ईच्छा व्यक्त गरेका छन् ।, आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस