काठमाडौँ । प्रतिनिधि सभामा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकको बारेमा छलफल गर्न जनता समाजवादी पार्टीले पार्टीको कार्यकारिणी समिति बोलाएको छ । असार ६–७ गते बस्ने बैठकमा भूमि सम्बन्धी विधेयको विषयमा छलफल हुने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए । वर्तमान सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश जसपा नेपालकै कारण कार्यान्वयनमा आएको थिएन । जसपा नेपालकै कारण सरकारले त्यो सो अध्यादेश फिर्ता लिएको थियो ।
सरकारले अहिले त्यसलाई विधेयकको रूपमा ल्याएर संसदमा पेस गरेको छ । त्यसमा पनि जसपा नेपालले आपत्ति जनाइसकेको छ । विधेयक फिर्ता लिनका लागि सरकारले दबाब दिइरहेको छ । त्यसका लागि थप दबाबमूलक कार्यक्रम के गर्न सकिन्छ भन्ने विषयमा कार्यकारिणी समितिमा छलफल हुने बताइएको छ ।
त्यस्तै, जसपा नेपालले पार्टीको विभिन्न तहका समितिहरूको अधिवेशन सम्पन्न गरेको छ । कतिपय ठाउँमा अझै अधिवेशन भइरहेको सन्दर्भमा बैठकले समीक्षा गर्नुको साथै आवश्यक निर्देशनहरू दिइने बताइएको छ ।
यस्तै बैठकमा संघीय लोकतान्त्रिक मोर्चा तथा समसामयिक विषयमा पनि छलफल हुने प्रवक्ता सुमनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा नेपालको माग
संविधान संशोधनको माग राख्दै जसपा नेपालले गर्यो आन्दोलनका कार्यक्रम घोषणा
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो पाँच जना केन्द्रीय सदस्य
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी