काठमाडौं । गृहमन्त्रालयका कर्मचारीले समयमै उद्धारका लागि अनुमति नदिँदा बुधबार डोल्पामा एक पर्यटकको मृत्यु भएको छ ।
पासपोर्ट नम्बर एचके १२२४७३ भएका क्यानेडियन नागरिक र्यान्डल फेरिस बेकरको मृत्यु भएको प्रहरीले जनाएको छ।
सरकारले अनुमति दिन ढिला गरेपछि डोल्पाका प्रमुख जिल्ला अधिकारी र डीएसपीको समन्वयमा बुधबार दिउँसो २:३० बजे सिम्रिक एयर पोखराबाट उद्धारका लागि घटनास्थल पुगेको थियो । तर, सिम्रिक एयर उद्धारमा पुग्नुभन्दा पहिले नै पर्यटकको मृत्यु भइसकेको सिम्रिक एयरका अप्रेशन डाइरेक्टर क्याप्टेन एन्डीले जानकारी दिए ।
क्याप्टेन एन्डीका अनुसार उद्धारमा सरकारले ढिला गरी अनुमति दिँदा विदेशी पर्यटकको मृत्यु भएको यो तेस्रो पटक हो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०६ मंसिर २०७५, ०७ : ४१
लेखकबाट थप