काठमाडौँ । इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका-१ मा बस्ने राजु स्याङतान छन् । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले जेठ ३१ गते पक्राउ गरेको हो ।
उनको साथमा ओच्छ्यानको सिरानीमुनि कपडाले बेरेर राखेको अवस्थामा ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको पेस्तोल र पेस्तोलको म्यागजिन एक थान र १३ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।
त्यसैगरी गोठमा मैकैको खोस्टाभित्र लुकाएर राखेको कटुवा पेस्तोल र १२ राउण्ड गोली साथै अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८ सय ग्राम बरामद गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका उनीविरुद्ध लागुऔषध र हातहतियार खरखजनाको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ