काठमाडौँ । इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका-१ मा बस्ने राजु स्याङतान छन् । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले जेठ ३१ गते पक्राउ गरेको हो ।
उनको साथमा ओच्छ्यानको सिरानीमुनि कपडाले बेरेर राखेको अवस्थामा ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको पेस्तोल र पेस्तोलको म्यागजिन एक थान र १३ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।
त्यसैगरी गोठमा मैकैको खोस्टाभित्र लुकाएर राखेको कटुवा पेस्तोल र १२ राउण्ड गोली साथै अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८ सय ग्राम बरामद गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका उनीविरुद्ध लागुऔषध र हातहतियार खरखजनाको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
लागु औषधसहित दुई पक्राउ
पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ
रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ