काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानमा आधारित संघीयता सशक्त समावेशी र न्यायपूर्ण नेपाल निर्माणका लागि अनिवार्य रहेको बताएका छन्।
धरानमा आज जनता समाजवादी पार्टी लिम्बुवान् राष्ट्रिय समिति एकताको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले विविधतामा एकता बोकेको नेपालको सफल भविष्य सुनिश्चित गर्न सबै जातजाति, भाषाभाषी र समुदायको समान सहभागिता आवश्यक रहेको धारणा राखेका हुन्।
शासन प्रणाली, शिक्षा, प्रशासन र न्यायालयजस्ता राज्यका अंगहरुमा विविध समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै समान अवसर र समावेशितामा आधारित शासन व्यवस्था नै सुदृढ लोकतन्त्रको जग रहेको बताए ।
अझै पनि खस भाषाको एकाधिकार सरकारी कार्यालय र शिक्षण संस्थानमा कायम रहँदा सीमावर्ती अल्पसंख्यक र ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायको समुन्नति सुस्त भइरहेको जिकिर गर्दै उनले यसलाई समावेशी र पहिचानमूलक संरचनाबाट मात्र सुधार गर्न सकिने स्पष्ट पारे । अध्यक्ष यादवले किरात लिम्बुवान् क्षेत्रको ऐतिहासिक पृष्ठभूमि नेपालको वर्तमान सीमांकनभन्दा पुरानो रहेको उल्लेख गरे ।
उनले भने, “राज्यको नीति तथा निर्णय प्रक्रियामा विविध समुदायका प्रतिनिधि उपस्थित हुनुपर्छ । जबसम्म सबै समुदायको आवाज प्रतिनिधित्व हुँदैन तबसम्म लोकतन्त्र अधुरो हुन्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?