सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरका होटल तथा रेस्टुरेन्टमा अवैध रूपमा यौनजन्य गतिविधिमा संलग्न २५ जनालाई पक्राउ गरेको छ । त्यसमा होटल सञ्चालकदेखि त्यस्तो क्रियाकलापमा संलग्न युवायुवतीहरू रहेका छन् ।
पक्राउ पर्नेमा ११ जना महिला र १४ जना पुरुषहरू रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक, मोहनजंग बुढथापाले बताए । उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुरमा मुद्दा चलाइएको उनको भनाइ छ ।
उनका अनुसार वीरेन्द्रनगर नगरपालिका—६ बुद्धपथमा रहेका होटल हार्दिक, दंगाली, विकाश होटलबाट ती युवा, युवतीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
राजधानी वीरेन्द्रनगरका विभिन्न ठाउँमा पछिल्लो समय अवैध रूपमा यौनजन्य गतिविधि हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँका ‘स्पा सेन्टर’मा यौन धन्दा, दुई सञ्चालक पक्राउ