काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘गृहमन्त्रीले ३० दिनभित्र छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । भित्र भनेको हो । यसकारण ३ दिनभित्रै गरियोस्’ उनले भने । सरकार भिजिट भिसामा छानबिन गर्न तयार भएपछि सदन खोल्न सहमत भएको पनि उनको प्रष्टीकरण छ । ‘प्रतिपक्षी दलहरूमध्ये एउटा दल नाराबाजीमा छ’ उनले स्मरण गरे ।
उनी अगाडि भन्छन्, ‘भिजिट भिसा प्रकरणको माध्यमबाट मानव तस्करी भयो । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन मुछियो भनेर हामी पनि ३० गतेसम्म संसद्मा अवराधकै अवस्था बन्यो । छानबिनका लागि सरकार तयार भएपछि सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।’
सहमति अनुसार सरकारले छानबिन छिट्टै सुरु गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर भयो : राजेन्द्र पाण्डे
ओलीले माफी नमागेसम्म एमालेसँग एकता हुँदैन, मिल्न रहर लाग्नेहरूले बाटो तताए हुन्छः पाण्डे