काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले हेवा खोलामा निर्माणाधीन बेलिब्रिज पुल निर्माणको लागि छिटो पहल गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा उनले जेठ ३१ गते हेवा खोलामा निर्माणाधीन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको भन्दै यसलाई पुन निर्माण गर्न छिटो पहल गर्नुपर्ने बताए ।
उनले भने, ‘जेठ ३१ गते हेवा खोलामा निर्माणाधीन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको छ । यो पुल गएको दुई वर्षदेखि बनाउने क्रममा दुर्घटनाग्रस्त हुँदै आएको छ । जसले गर्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरूमा यातायात अवरुद्ध हुँदै आएको छ । यसपालि पनि मनसुनको सिजन आउँदै छ । सरकारले अन्तिम चरणमा पुर्याएको पुल फेरि भत्किएको छ । यसबाट स्थानीयको साथै पर्यटकहरूलाई पनि प्रभाव परेको छ । उक्त पुल पुन निर्माणको लागि छिटो पहल गर्नुपर्छ ।’
उनले उक्त दुर्घटनामा त्यहाँ काम गर्ने मजदुरहरूको मृत्यु भएको भन्दै उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई