काठमाडौ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार जनाविरुद्ध उजुरी दिन १० दिनको समय दिएको छ। समितिले आज सूचना प्रकाशित गर्दै नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरू उपयुक्त नठानेमा प्रमाणसहित लिखित उजुरी दिन सबैलाई आग्रह गरेको हो।
सुनुवाइ समितिको सूचनामा भनिएको छ, "मर्यादित भाषामा स्पष्ट आधार र सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा सचिवालयमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिनेछ।"
सिफारिस भएका उम्मेदवारहरू:
मेघराज पोखरेल – वरिष्ठ अधिवक्ता
श्रीकान्त पौडेल – मुख्य न्यायाधीश, उच्च अदालत पाटन
शान्तिसिंह थापा – मुख्य न्यायाधीश, उच्च अदालत जनकपुर
महेश कुमार नेपाल – मुख्य न्यायाधीश, उच्च अदालत दिपायल
सुनुवाइ समितिले उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर उल्लेख गर्नुपर्ने जानकारी गराएको छ। चाहना अनुसार उजुरीदाताको नाम गोप्य राखिने व्यवस्था समेत गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चर्चित मुद्दाको फैसला र बहस गरेको दिन सामाजिक सञ्जाल नहेर्नुस् : न्यायाधीश पोखरेल
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी