गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

रासस

शनिबार, ३१ जेठ २०८२, ११ : ०४
गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

गुल्मी । बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँप चौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्‍याउन मुस्किल भएको छ ।

कफी विकास कार्यालयले किसानको मागअनुसार कफीका बिरुवा थोरै उत्पादन भएका कारण उपलब्ध गराउन समस्या भएको कफी विकास केन्द्र आँप चौरका प्रमुख जीवन आचार्यले जानकारी दिए ।

मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँप चौरमा रहेको नर्सरीबाट यस पटक किसानहरूले दुई लाख कफीका बिरुवाको माग आएको आचार्यले बताए । कफी किसानहरूले यति धेरै बिरुवाको माग गरे पनि केन्द्रमा यस पटक ७० हजार मात्र बिरुवा उत्पादन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस