काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार १५ गते बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको हो।
असार १५ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने गरी बोलाइएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी रहनेछन्।
काँग्रेसले ९ महिनादेखि केन्द्रीय समिति बैठक राखेको थिएन। विधानमा दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ। केन्द्रीय समिति बैठक सभापतिले बोलाउने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?