काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार १५ गते बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको हो।
असार १५ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने गरी बोलाइएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी रहनेछन्।
काँग्रेसले ९ महिनादेखि केन्द्रीय समिति बैठक राखेको थिएन। विधानमा दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ। केन्द्रीय समिति बैठक सभापतिले बोलाउने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस