काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठक बस्ने भएको छ । शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा आज बैठक बस्ने सो पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी गराए ।
बैठकमा कार्यविधि सम्बन्धी छलफल, आदिवासी जनजाति र मधेसी समुदाय बिचको सहकार्य सुदृढ गर्ने उपाय, भिजिट भिसालगायतका विषयमा छलफल हुने बताइएको छ ।
सङ्घीयता र पहिचानको पक्षमा आवाज उठाउँदै आएको मोर्चाले पछिल्लो समय मधेस, आदिवासी जनजाति, दलित तथा पिछडिएका समुदायका मुद्दालाई साझा एजेन्डा बनाउँदै अघि बढी रहेको छ ।
मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, तमलोपा र राष्ट्रिय मुक्ति क्रान्ति पार्टी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीको कार्यालयमा लोकतान्त्रिक मोर्चाको बैठक