काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक दरबारमार्गको एक होटलमा सुरु भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षमा यो दोस्रो बैठक बसेको हो ।
यसअघि उनकै अध्यक्षमा असार १२ गते पनि बैठक बसेको थियो । सो बैठकमा रुपन्देही क्षेत्र न. ३ को उपचुनाव सम्बन्धमा छलफल भएको थियो तर टुङ्गो लागेको थिएन । उपनिर्वाचनका सम्बन्धमा मोर्चामा आबद्ध दलहरूले छलफल गर्ने अनि मात्र बैठकबाट टुङ्गो लगाउने सहमतिअनुसार आज बैठक बस्न लागेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए । त्यस्तै बैठकले सातवटै प्रदेशमा कार्यक्रम गर्ने विषयमा पनि छलफल गरेर टुङ्गो लगाउने तयारी गरेको छ ।
बैठकले कार्यविधिका बारेमा छलफल गरेर त्यसलाई पनि पूर्णता दिइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
जनमत पार्टीको कार्यालयमा लोकतान्त्रिक मोर्चाको बैठक