एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको स्थानमा पुगेका छन्।
दुर्घटना स्थल अवलोकनपछि प्रधानमन्त्री मोदी सिभिल अस्पताल पुगेर घाइतेहरूलाई भेट्नेछन्।
बिहीबार अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित २४१ को मृत्यु भएको थियो। एक यात्रु मात्र बाँच्न सफल भएका छन्।
लन्डनका लागि उड्नासाथ विमान आवासीय क्षेत्रमा खसेको थियो। विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। तीमध्ये एकजना भारतीय मूलका बेलायती यात्रु मात्र बाँच्न सफल भए।
दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० जेठ २०८२, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीको युरोप भ्रमण रद्द
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी
मोदीले मधुवनीको भ्रमण गर्ने भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ
थाइल्याण्डमा मोदीसँग होला त ओलीको भेट ?
कतारका अमिर भारतमा, प्रधानमन्त्री मोदी आफैं स्वागत गर्न विमानस्थल पुगे