एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको स्थानमा पुगेका छन्।
दुर्घटना स्थल अवलोकनपछि प्रधानमन्त्री मोदी सिभिल अस्पताल पुगेर घाइतेहरूलाई भेट्नेछन्।
बिहीबार अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित २४१ को मृत्यु भएको थियो। एक यात्रु मात्र बाँच्न सफल भएका छन्।
लन्डनका लागि उड्नासाथ विमान आवासीय क्षेत्रमा खसेको थियो। विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। तीमध्ये एकजना भारतीय मूलका बेलायती यात्रु मात्र बाँच्न सफल भए।
दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० जेठ २०८२, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ : नरेन्द्र मोदी
मोदी बने इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत
प्रधानमन्त्री कार्की र मोदीबीच फोन संवाद, नेपालकाे शान्ति तथा स्थायित्वमा भारतले सघाउने