वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
महानगरपालिकाको वडा नम्बर–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार आज बिहान करिब ५ बजेको समयमा बिग्रिएर रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको सिरसिया डाईपोर्टतर्फ गइरहेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तीनजना युवकहरूमध्ये उपचारका क्रममा आज बिहानै दुई जनाको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
प्रहरीका मृत्यु हुनेहरूमा पर्सा छिपहरमाई गाउँपालिका–३ झलमैया टोल निवासी रामाकान्त यादव र सोही ठाउँका विजय यादव रहेका छन् । भने गम्भीर घाइते भएका २२ वर्षीय विजय कुमार यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र हाल उनको अवस्था चिन्ताजनक रहेको जनाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन