काठमाडौँ । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार गरेका छन् ।
उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरे लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली काँग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
जनविरोधी फैसला गरेको भन्दै थारुलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, १७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चर्चित मुद्दाको फैसला र बहस गरेको दिन सामाजिक सञ्जाल नहेर्नुस् : न्यायाधीश पोखरेल
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी
सर्वोच्च अदालतका न्यायाधीश सिफारिस : संसदीय सुनुवाइ समितिको सूचना, उजुरी दिन १० दिनको समय