दुर्गेश थापालाई जापानले दिएन भिसा

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १५ : ४७
दुर्गेश थापालाई जापानले दिएन भिसा

काठमाडौँ । अहिलेका चर्चित गायक दुर्गेश थापालाई जापानी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । उनी सांगीतिक कार्यक्रमका लागि जापान जाने तयारीमा थिए ।

जापानको ओसाकास्थित कान्साइ सहरमा ‘नेपाल महोत्सव २०२५’ आयोजना हुँदैछ । गल्कोट समाज जापानले नेपाली दूतावाससँगको समन्वयमा कार्यक्रम गर्न लागेको हो । यसमा दुर्गेशसहित विष्णु खत्री र अनिता चलाउनेलाई नेपालबाट तीनजना गायक-गायिकालाई निमन्त्रणा गरिएको थियो ।

आयोजकले कार्यक्रमको पोस्टरमा दुर्गेशको सबैभन्दा ठूलो पोस्टर राखेर प्रचार प्रसार गरिरहेका थिए । तर, उनको भिसा नलागेको स्रोतले बताएको छ ।स्रोतका अनुसार सुरूमा आयोजकले जापानमा तीनैजनाको डकुमेन्ट बुझाएर भिसाको प्रोसेस गरेका थिए । विष्णु र अनिताको जापानबाट पेपरभिसा काठमाडौँस्थित जापानी दूतावासमा आयो, तर दुर्गेशको आएन । उनले फेरि काठमाडौँकै दूतावासमा भिसा आवेदन गरेका थिए । तर, फेरि पनि उनलाई भिसा दिन अस्वीकार गरिएको स्रोतले बताएको छ । फलतः दुर्गेश रोकिएका छन् ।

विष्णु र अनिता भने हिजो नै भिसा कलेक्ट गरेर जापान उडिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस