काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। महानगरमा करोडौँ मूल्यको लिफ्ट बिना प्रतिस्पर्धा जडान गरेको आरोपमा युवराज सफलले उजुरी दिएका हुन्। आफूलाई ‘देशभक्त नागरिक’ का रूपमा उल्लेख गर्दै सफलले मेयर साहमाथि अनियमितताको आरोप लगाएका छन्।
सफलको उजुरीमा भनिएको छ, “मेयर बालेन्द्र साहले केही महिना अगाडि काठमाडौँ महानगरपालिकामा बिना टेन्डर, बिना कोटेसन र बिना प्रतिस्पर्धा झन्डै एक करोड रुपैयाँको लिफ्ट जडान गराएका छन्। महानगर स्रोतका अनुसार यो लिफ्ट विशेष रूपमा मेयर साहकै प्रयोगका लागि जडान गरिएको हो।”
उजुरीमा नयाँ लिफ्ट जडानप्रति विरोध नभएको, तर सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को उल्लंघन गर्दै बिना प्रतिस्पर्धा अपारदर्शी रूपमा खरिद गरिएकोमा आपत्ति जनाइएको छ। “सार्वजनिक निकायले खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नु अनिवार्य हुन्छ। तर, महानगरले लिफ्ट जडानमा यस्तो प्रक्रिया पालना गरेको छैन,” उजुरीमा उल्लेख छ।
सफलले अख्तियारसँग लिफ्ट जडानसम्बन्धी टेन्डर, बोलपत्र, निर्माण कम्पनीको विवरण, स्वीकृति फाइल, भुक्तानी विवरण, बिल, भौचरलगायतका कागजात झिकाएर अनियमितता र भ्रष्टाचारको गहन छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेयर बालेन र उपमेयर सुनिताबीच छिट्टै कार्यपालिका बैठक राख्ने प्रारम्भिक सहमति
सिंहदरवार वैद्यखानाको अवस्थाप्रति नगरप्रमुख साहद्वारा चिन्ता प्रकट
महानगर प्रहरीले अग्रपङ्तिमा रहेर भूमिका निर्वाह गरेको छ : बालेन साह