काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीचको भेटवार्ताले नेपाली राजनीतिमा चर्चा पाएको छ।
रवि कारागारबाट छुटेपछि देखिएको राजनीतिक सक्रियता र बालेनसँगको भेटलाई राजनीतिक वृतमा चुनावी सहकार्यका रुपमा चर्चा गरिएको छ।
यो चर्चायोग्य भेट कमलपोखरीस्थित निवर्तमान सांसद एवम् रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा भएको हो। रवि र बालेनको भेटपछि शाहले सामाजिक सञ्जालमा कथाको सुखद् सुरुवात भएको बताएका छन्। उनले रवि र बालेनको भेटलाई दुई दाजु भाइको मिलनको संज्ञासमेत दिएका छन्। उनले यो व्यक्तिले नभएर देशले खोजेको आशाको मिलन भएको दाबी गर्दै सबै नेपालीलाई बधाईसमेत दिएका छन्।
कुराकानी के भयो र छलफल के मा केन्द्रित थियो भन्ने नखोलेका नेता साह भन्छन्, ‘अन्ततः कथाको सुखद् सुरुवात भएको छ। रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’
शाहको निवासमा बालेन र रविले पाँच घण्टा बिताएका छन्। सोमबार राति ८ बजेदेखि शाह निवासमा भेट भएका बालेन र रवि राति १ बजेमात्र त्यहाँबाट बाहिरिएका थिए।
रवि र बालेनसँगको छलफलमा रास्वपाका उपसभापति डिपी अर्यालसमेत सहभागी थिए भने बालेन समूहबाट कुमार बेनसँगै थिए। यत्ति लामो छलफल भए पनि कुनै समूहले भेटवार्ताबारे औपचारिक विषय सार्वजनिक गरेका छैनन्।
लामो भेटवार्तावार्तापछि सभापति लामिछाने र मेयर बालेन एउटै गाडीबाट बाहिरिएको दृश्य भने सामाजिक सञ्जालमा चर्चामा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने