काठमाडौँ । रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगास्थित बोलङ बोलङमा सालोको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा घर भएका ५० वर्षीय विनोदकुमार यस्माली छन् ।
जेठ २७ मा उनले २९ वर्षीय लवकुमार थापा मगरको हत्या गरेको रामेछापका डीएसपी भोलाकुमार भट्टले बताए । आरोपी यस्माली मृतकका भिनाजु हुन् ।
घरायसी विवादमा आरोपीले धारिलो हतियारले घाँटीमा प्रहार गरेर लवको हत्या गरेका हुन् । आरोपीबिरुद्ध अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको डीएसपी भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ