काठमाडौँ । अनेरास्ववियुको २४ औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन कमिटीले कार्यतालिका संशोधन गर्दै आज राति ८ बजेदेखि मतदानको समय राखेको छ ।
दिउँसो ३ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । साँझ साँढे ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । मतदान भने राति ८ बजेदेखि राति २ बजेसम्म हुनेछ ।मतदान सकिएपछि मतगणना निर्वाचनको मतपरिणामको घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहणको कार्यतालिका छ ।
निर्वाचन कमिटीले आवश्यक परेको खण्डमा निर्वाचन कार्यक्रम फेरबदल हुनेछ । निर्वाचन कमिटीले २०३ पदका लागि ५२१ जना उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।
अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी परेको छ । कडरियाको तर्फबाट महासचिवमा दीपक धामी र पौडेलको तर्फबाट आरके रोमस रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्नेहा केसीले पाइन् अनेरास्ववियुको निर्वाचित कमिटीमा सर्वाधिक मत
अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी : को को भए निर्वाचित ?
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान
अनेरास्ववियुको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक
अनेरास्ववियुको अध्यक्षमा कडरियाको नाम प्रस्ताव गरिएपछि हलमा नाराबाजी