काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लोकेश कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो । सोही घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।
यसअघि परिसरकै टोलीले भक्तपुरबाट दिक्पाल कार्कीलाई पनि पक्राउ गरेको थियो । तोडफोड घटनामा अहिलेसम्म पक्राउ पर्नेको संख्या दुई पुगेको छ ।
स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ