काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आज–भोलि नै संसद्को अवरोध खुल्ने विश्वास व्यक्त गरेका छन् । त्यसका लागि सत्ता पक्ष र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको उनले जानकारी दिएका छन् ।
आज मन्त्रालयमा पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरूले अवरोध खुलाउनेबारे छलफल भइरहेको जानकारी दिए ।
उनले भने, ‘बढीमा संसदीय छानबिन समिति बनाउने वा कसरी बनाउने भन्नेबारे छलफल भइराख्या छ । हाम्रो चाहिँ के हो भने मन्त्रीले यी सबै उठिरहेका विषयबारे संसदमा आफ्नो धारणा राख्ने, सरकारको धारणा राख्ने अनि प्रतिपक्षीहरूले संसद खोलेर सहयोग गर्ने र बजेट सम्बन्धी छलफल प्रक्रियालाई अगाडि बढाउने कुरा हामीले गरिराख्या छौँ,’
उनले थपे, ‘सम्भवतः आज या भोलिसम्ममा कुरा मिल्छ होला भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’ उनले सानोतिनो कुरा उठाएर राजनीतिलाई अप्ठ्यारो पार्नु हुँदैन भन्ने कुरालाई बुझ्नुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी युवा पुस्ताको हो’ : मन्त्री गुरुङ
मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैन : मन्त्री गुरुङ
मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सामान्य हो : मन्त्री गुरुङ
राजीनामा दिएका मन्त्री गुप्ता दोषी देखिए कारबाही हुन्छ: मन्त्री गुरुङ
नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छ : मन्त्री गुरुङ
कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई मन्त्री गुरुङको निर्देशन