काठमाडौ । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काडमाडौंको टोलीले पक्राउ गरेको हो।हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै उनीहरूले ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए ।
पक्राउ परेकामध्ये ज्ञानु २० फागुन २०७० मा हातहतियार तथा खरखजना मुद्दामा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
यसअघि १६ वैशाख २०७० मा परिसर काठमाडौंबाटै सार्वजनिक अपराधमा र ५ कात्तिक २०६७ मा जुवासम्बन्धी कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ