राजतन्त्र पुनर्स्थापना हुने खतरा : चित्रबहादुर केसी

पत्रपत्रिकाबाट

बुधबार, ०५ मंसिर २०७५, ०८ : ११
राजतन्त्र पुनर्स्थापना हुने खतरा : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलग कार्य प्रणालीका कारण देशमा राजतन्त्रवादीहरु सलबलाउन थालेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौँले मंगलबार गरेको कार्यक्रममा पार्टीको अवधारणापत्र सार्वजनिक गर्दै उनले यस्तो खतरा औँल्याएका हुन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकाले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दु धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस