फिल्म ‘'महाराजधिराज' मा उषा रजक अनुबन्धित

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०८२, १२ : २४
फिल्म ‘'महाराजधिराज' मा उषा रजक अनुबन्धित

काठमाडौँ । फिल्म ‘महाराजधिराज’मा अभिनेत्री उषा रजकको पनि अभिनय रहने भएका छ । निर्माण युनिटले फिल्मको एक महत्त्वपूर्ण भूमिकाको लागि उनलाई छानेको हो । उनी भित्रिएसँगै फिल्मको मुख्य भूमिकाका कलाकार फाइनल भएको निर्माण युनिटले जनाएको छ ।

निर्देशक परिच्छेद सेनको निर्देशन रहने फिल्मका लागि यसअघि आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, गजित विष्ट, आशा पौडेल छानिएका थिए ।

‘महाराजधिराज’ पुराना र नयाँ पुस्ताका कलाकारहरूलाई मिसाएर दर्शकलाई फरक स्वाद दिने हिसाबले निर्माण गर्न लागिएको प्रस्तुतकर्ता विराज विष्टले जानकारी दिए । ‘हामीले अभिनयमा अनुभवी र चर्चित अनुहारहरूलाई समेटेका छौँ। अब केही सहायक भूमिकामा कलाकार चयन बाँकी छ । हाम्रो टोली मजबुत बनेको छ ।’

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ । ‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।

फिल्म आगामी फूलपातीमा देशभर प्रदर्शनमा ल्याइनेछ । फिल्म छायाङ्कनमा जाने तयारीमा छ । 

प्रतिक्रिया दिनुहोस