रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक जारी

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०८२, १२ : १८
रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक जारी

काठमाडौँ । प्रतिपक्षी दलहरूको बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमतिका लागि प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरू बैठक बसेका हुन् ।

बैठक नयाँ बानेश्वरमा बसिरहेको छ । रास्वपाले संसदको अवरोध खोल्नका लागि नेपाली काँग्रेससमक्ष यसअघि सोमबार पाँच बुँदे प्रस्ताव पेस गरेको थियो । रास्वपाको प्रस्तावमा साझा धारणा बनाउने गरी छलफल भइरहेको विपक्षी दलका नेताहरुले बताएका छन् ।

बैठकमा विपक्षी दलका नेताहरू वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी छन् । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद बैठक अवरोध गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस