एजेन्सी । विश्वकप विजेता ब्राजिल सन् २०२६ को विश्वकपका लागि छनोट भएको छ।
बुधवार बिहान भएको खेलमा ५ पटकको विश्वकप विजेता ब्राजिलले पाराग्वेलाई १-० ले हराएको हो। ब्राजिलका लागि खेलको ४४ औँ मिनेटमा भिन्सियस जुनियरले निर्णायक गोल गरे।
नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीका प्रशिक्षणमा ब्राजिलको यो पहिलो जित हो। एन्सेलोटीले टोलीको जिम्मा सम्हालेपछि गत साता भएको खेलमा ब्राजिललाई इक्वेडरले गोल रहित बराबरीमा रोकेको थियो।
जितपछि ब्राजिलको २५ अङ्क भएको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। दुई खेल बाँकी रहँदा सातौँ स्थानको भेनेजुएलाको १८ अङ्क छ। दक्षिण अमेरिकी समूहमा अब दुई खेल खेल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ जेठ २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले पहिलोपटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि
विश्वकपमा छनोट भएका सावित्रा र स्नेहा सम्मानित