एजेन्सी । विश्वकप विजेता ब्राजिल सन् २०२६ को विश्वकपका लागि छनोट भएको छ।
बुधवार बिहान भएको खेलमा ५ पटकको विश्वकप विजेता ब्राजिलले पाराग्वेलाई १-० ले हराएको हो। ब्राजिलका लागि खेलको ४४ औँ मिनेटमा भिन्सियस जुनियरले निर्णायक गोल गरे।
नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीका प्रशिक्षणमा ब्राजिलको यो पहिलो जित हो। एन्सेलोटीले टोलीको जिम्मा सम्हालेपछि गत साता भएको खेलमा ब्राजिललाई इक्वेडरले गोल रहित बराबरीमा रोकेको थियो।
जितपछि ब्राजिलको २५ अङ्क भएको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। दुई खेल बाँकी रहँदा सातौँ स्थानको भेनेजुएलाको १८ अङ्क छ। दक्षिण अमेरिकी समूहमा अब दुई खेल खेल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ जेठ २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?
टर्की विश्वकपबाट बाहिरियो
विश्वकपमा क्यानडाको ऐतिहासिक जित : कतार ६-० ले पराजित
विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा