काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले नाराबाजी गरेका छन् । कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दावी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई हुँदा अध्यक्ष मण्डलबाट उनकै नाम प्रस्ताव गरिएको छ ।
अध्यक्ष मण्डलले प्रस्ताव गरेको नामप्रति अरु आकांक्षीले सहमति जनाएका छैनन् । अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राखेका छन् ।
आकांक्षीहरुबीच सहमतिको प्रयास सफल नभएपछि अध्यक्ष मण्डलले हलमा नाम प्रस्ताव गरेका थिए । प्रस्ताव अनुसार कडरिया अध्यक्ष, प्रकाश पौडेल र अञ्जना सिवाकोटी उपाध्यक्ष र दीपक धामीलाई महासचिव प्रस्ताव गरिएको छ ।
यति प्रस्ताव हुनासाथ हलमा निर्वाचनको माग राखेर नाराबाजी भयो । र प्रस्ताव गरिएको प्रक्रिया पनि रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्नेहा केसीले पाइन् अनेरास्ववियुको निर्वाचित कमिटीमा सर्वाधिक मत
अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी : को को भए निर्वाचित ?
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान
अनेरास्ववियुको निर्वाचन कार्यतालिका संशोधन, आज राति ८ बजेदेखि मतदान हुने
अनेरास्ववियुको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक