अनेरास्ववियुको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०८२, १३ : १६
अनेरास्ववियुको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरे पनि सहमति नजुटेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।

पार्टी हाइ कमान्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएको थियो । तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल, दीपक धामी पक्षले चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरे ।

कार्यतालिका अनुसार उम्मेदवारको दर्ता फारम ३ देखि ५ बजेसम्म वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख छ । मतदान भोलि बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ ।

0

0

0

0

0

0

प्रतिक्रिया दिनुहोस