काठमाडौं । प्रदेश सरकारहरूले १० महिनामा १ खर्ब १७ करोड रुपैयाँ खर्च गरेका छन् ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार वैशाखसम्म ७ प्रदेश सरकारले १ खर्ब १७ करोड रुपैयाँ बराबर खर्च गरेका हुन् ।
त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन १ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ देखिएको छ । राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी १ खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैकुण्ठ धाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ : मुख्यमन्त्री आचार्य
साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक