काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना हुने ठहर भएका प्रतिवादीलाई प्रहरीले काठमाडौँको पुतलीसडकबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर–१ घर भएका राम बहादुर विष्ट छन् । ३९ वर्षीय विष्ट विरुद्ध उच्च अदालत पाटनले ७ दिन कैद, २० हजार जरिवाना र ८० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
सोमबार काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ