काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमौली घर भएका हाल ललितपुरमा बस्दै आएको ५१ वर्षीय सूर्य नारायण श्रेष्ठ र नुवाकोट शिवपुरी घर भएका काठमाडौँ तारकेश्वरमा बस्दै आएकी ४० वर्षीया सानुमाया लामा रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दुवै जनालाई आइतबार पक्राउ गरेको हो । पक्राउ मध्ये सूर्य नारायणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके नेपालगंज र सानुमायालाई प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ