रौतहट। रौतहटको कटहरिया नगरपालिका १ मा रहेको श्री माध्यमिक विद्यालयको कम्प्युटर चोरेको आरोपमा ३ जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने २७ वर्षीय मुकेश दास, सोही ठाउँका १९ वर्षीय राधेश्याम दास र १८ वर्षीय राजु दास रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए ।
उनीहरू इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर चोरी शीर्षक मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिएका छन्।
उनीहरुले गत शनिवार राति विद्यालय भवनको दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट एक थान चोरी गरेको बताइएको छ। चोरीको अनुसन्धान गर्दै जाँदा घटनाको भोलि पल्ट आइतबार साँझ प्रहरीले आरोपी मध्येका राजु दासको घरमा छापा मारेको थियो। छापामारको क्रममा विद्यालयबाट अहिले चोरी भएको सबै सामानका साथै पहिले चोरी भएको केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
मावि भासेढवामा यसभन्दा अगाडि दुई पटक चोरी भएको थियो।२०७७ साल र २०८१ सालमा विद्यालयको कम्प्युटरलगायतको सामान चोरी भएको प्रधानाध्यापक राम मङ्गल यादवले बताएका छन्। विद्यालयको छेउमै घर भएको आरोपीहरूले विद्यालयमा यस अघि पटक पटक चोरी गरेको अनुसन्धान बाट खुलेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
बैंकिङ कसुरमा २० लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
वैदेशिक रोजगारीको नाममा ११ करोड ठगी गर्ने दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ