एजेन्सी । गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली सेनाले नियन्त्रणमा लिएको समाचार बाहिर आएको छ।
फ्रिडम कोटिला कोलिसन (एफएफसी)का अनुसार त्यो जहाजसम्पर्क बाहिर गएको छ। टेलिग्राम एपमा सो समूहले जनाए अनुसार जहाजमा लाइफ ज्याकेट लगाएका देख्न सकिन्छ।
यसरी नियन्त्रणमा लिइएको जहाजमा वातावरण अभियन्ता ग्रेटा थनवर्ग लगायत रहेको जनाइन्छ। त्यसलाई इजिप्टको तटमा लगेको समाचार छ। केही समय अघि इजरायली विदेश मन्त्रालयले प्रतिबन्धित क्षेत्रमा जहाज गइरहेको जनाएको थियो। इजरायलले हमासलाई हतियार पुग्न रोक्नका लागि यो प्रतिबन्ध आवश्यक रहेको जनाएको छ।
एफएसीले जनाए अनुसार राहत सामग्री लिएर सो जहाज शुक्रबार इटालीको सिसिलीबाट हिँडेको थियो।
इजरायलका रक्षा मन्त्री एरिक काजले पानी जहाजलाई फिर्ता गर्ने बताउँदै त्यसलाई प्रतिबन्ध कुनै पनि हालतमा लागु गरी छाड्ने बताएका छन्।
उनले सन् २००७ देखि नै हमासलाई हतियार उपलब्ध गराउन रोक्ने उद्देश्यले प्रतिबन्ध लगाएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०८२, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
गाजा इजरायल शान्ति योजना अनुमोदन, ७२ घण्टापछि २० बन्धक रिहा हुने
इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए