काठमाडौं । डेढ घण्टा बित्दासम्म संसद बैठक सुरू हुन सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा एवं छानबिन समितिको माग राख्दै विपक्षी दलले १० दिनदेखि सदन अवरुद्ध गरिरहेका छन् ।
अहिले थप रणनीति बनाउन प्रचण्डले विपक्षी दलको बैठक राखिरहेका छन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विपक्षीको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी गराएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
विपक्षीले असहयोग गरेपनि आजदेखि सदन सञ्चालनको तयारीमा सत्तापक्ष पुगेका छन् । निरन्तरको सदन अवरोधले बजेटमाथिको छलफल, निजामती विधेयक टेबुललगायतका कार्यसूची ओझेलमा परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री नै नआएपछि प्रतिनिधिसभा बैठक स्थगित