एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको दाबी गरेका छन्।
उनले आफूले हस्तक्षेप नगरेको भए यो लडाइँ आणविक युद्धमा परिणत हुन सक्ने जिकिर गरेका हुन्।
आफ्नो आधिकारिक विमान एयर फोर्स वानमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले व्यापारलाई हतियारका रूपमा प्रयोग गरेर दुवै देशलाई तुरुन्तै झडप रोक्न बाध्य पारेको दाबी गरे।
योसमेत ट्रम्पले यस विषयमा अहिलेसम्म १२ पटक बोलिसकेका छन्।
ट्रम्पले भने- मैले त्यस्तो काम गरेँ, जसका बारेमा मानिसहरू धेरै कुरा गर्दैनन् र म पनि धेरै बोल्दिनँ। हामीले भारत र पाकिस्तानबीचको एक प्रमुख सम्भावित आणविक समस्या समाधान गर्यौँ। मैले दुवै देशका नेताहरूसँग कुरा गरेँ। दुवै देश एकअर्कामाथि आक्रमण गर्न तयार थिए र यो आणविक युद्धको लेबलसम्म जान सक्थ्यो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ जेठ २०८२, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता