एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको दाबी गरेका छन्।
उनले आफूले हस्तक्षेप नगरेको भए यो लडाइँ आणविक युद्धमा परिणत हुन सक्ने जिकिर गरेका हुन्।
आफ्नो आधिकारिक विमान एयर फोर्स वानमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले व्यापारलाई हतियारका रूपमा प्रयोग गरेर दुवै देशलाई तुरुन्तै झडप रोक्न बाध्य पारेको दाबी गरे।
योसमेत ट्रम्पले यस विषयमा अहिलेसम्म १२ पटक बोलिसकेका छन्।
ट्रम्पले भने- मैले त्यस्तो काम गरेँ, जसका बारेमा मानिसहरू धेरै कुरा गर्दैनन् र म पनि धेरै बोल्दिनँ। हामीले भारत र पाकिस्तानबीचको एक प्रमुख सम्भावित आणविक समस्या समाधान गर्यौँ। मैले दुवै देशका नेताहरूसँग कुरा गरेँ। दुवै देश एकअर्कामाथि आक्रमण गर्न तयार थिए र यो आणविक युद्धको लेबलसम्म जान सक्थ्यो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ जेठ २०८२, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी