काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने झापाको कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बिओपी)मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको उनले बताए ।
प्रनाउ खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते सप्रनानि राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु