काठमाडौं । सभामुख देवराज घिमिरेले आइतबारदेखि संसद सञ्चालन हुने संकेत गरेका छन् । सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढेसँगै संसद् गतिशील बनाउने सहमति नजिक पुगेको सभामुख घिमिरेको भनाइ छ ।
प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको संकेत दिँदै यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।‘हामी संसद सुचारु गर्नको लागि हामी निष्कर्षका पुग्दैछौँ । निश्चय पनि शीर्ष तहका नेताहरूबीच छलफल भएपछि आइतबारको संसदको गतिरोध अन्त्य हुनेछ ।
फेरि अहिले संसदीय दलभित्रका नेताहरूले के सोच्नुपर्ने परिस्थिति छ भने यो व्यवस्थाकै विरुद्धमा जाने दलहरूले पनि खुच्चिङ भनिरहेका छन्,’ सभामुख घिमिरेले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भने, ‘अर्को भाषामा भन्ने हो भने प्रतिगामी शक्तिहरू सल्बलाइरहेको बेला छ ।
यस्तो बेलामा आएका समस्याहरुलाई समाधान गर्दै संसद्लाई अझै प्रभावकारी पार्ने कुराहरूमा सत्ता प्रतिपक्ष मिलेर जाने कुराको महसुस गर्नुभएको छ । यस्ता कुरामा म उहाँहरूलाई अगाडि बढ्नको लागि शुभकामना पनि व्यक्त गर्न चाहन्छु । आईतवारदेखि संसद अगाडि बढ्ने सहमति बनोस् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बदमासीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आवश्यक छानबिन हुनुपर्ने मागबाट पछि हट्न खोजेका छैनन् । यससँगै सत्ता र प्रतिपक्षी दलहरूका शीर्ष नेताहरूबीच पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ जेठ २०८२, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने