विराटनगर। झापा, सुनसरी र इलामबाट लागुऔषधसहित १७ जना पक्राउ परेका छन् । सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत लागुऔषधको प्रयोग तथा ओसारपसारलाई नियन्त्रण गर्न परिचालित प्रहरी टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
झापाको मेचीनगर- १३ स्थितबाट सोही स्थानका ३५ वर्षीय लक्ष्मी सोरेन, २६ वर्षीय विष्णु मग्राती र मोरङ लेटाङका २९ वर्षीय सन्तोष परियारलाई १ ग्राम १५० मिलिग्राम र शिवसताक्षी नगरपालिका- १ का २६ वर्षीय प्रनिस मुखिया, २४ वर्षीय तेजबहादुर दर्जीलाई ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
त्यसैगरी सुनसरीको कोशी गाउँपालिका- १ स्थितबाट सोही स्थानका हिमालकुमार मण्डल, करणकुमार मण्डल, २१ वर्षीय दयानन्दकुमार यादव, इटहरी- ५ का ३३ वर्षीय अजय चौधरी, धरान- १७ का २७ वर्षीय विवेक विश्वकर्मा, संगम राई, १९ वर्षीय किरण राई, बराहक्षेत्र- ७ का २२ वर्षीय कौसल कालिकोटे र २० वर्षीय याकुव राईलाई २२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
यस्तै शुक्रबार नै इलामको इलाम नगरपालिका- ७ स्थितबाट सोही स्थानका २६ वर्षीय रूपन राई, देउमाई नगरपालिका- २ का २९ वर्षीय पासाङ शेर्पा र माई नगरपालिका- १ का २१ वर्षीय अविरल राईलाई १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ जेठ २०८२, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ